देश/प्रदेश
बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ
०

गाईघाट, पुस १८ – उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् । बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताउनुभयो ।
पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























