देश/प्रदेश
कारको ठक्करबाट पाटेबाघको मृत्यु
०

काठमाडौं, पुस १८ – कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गकोझ बारा-जितपुर खण्डमा पाटेबाघको मृत्यु भएको छ।
जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको निजी कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो ।
जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
हेटौंडाबाट सर्लाही जाँदै गरेको कारले ठक्कर दिदाँ बाघको घटनास्थलमै मृत्यु भएको पंगेरीले बताए ।
कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























