देश/प्रदेश

भीरबाट लडेर महिलाको मृत्यु

Banner

कालिकोट पुस १७-

कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।

भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उहाँका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उहाँले बताउनुयो । इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उहाँको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>