Breaking News
सरकारको कदम सही छ भन्ने जवाफ चितवनको सभाले दिएको छ : गृहमन्त्री बादल

चितवन, माघ १७–
गहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चितवनमा भएको हजारौको जनसभाले सरकारको संसद विघटनको कदम सही छ भन्ने जवाफ दिएको बताएका छन् ।
भरतपुरमा आज भएको जनसभालाई सम्बोधन गर्दै मन्त्री बादलले नजरले टाढा टाढासम्म उपस्थित जनतालाई ठम्याउन सकेको छैन भन्दै उनले जनसभाले पार्टीका अवसरवादीहरुलाई जवाफ दिएको बताएका हुन् । उनले भने, ‘ विराटनगरमा फुटवादीहरुले कथित केन्द्रीय समितिको बैठक राखेर प्रधानमन्त्रीलाई निस्कासन गरिसकेको बताए । प्रधानमन्त्रीलाई सडकबाटै पदबाट हटाउने भन्ने घोषणा गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने उनीहरु देशमा अस्थिरता चाहन्छन् । ’ उनले यो जनसभाले हामी देशमा अराजकता होइन शान्ति, सुशासन र स्थिरता चाहन्छन् भन्ने जवाफ दिएको बताए ।
गृहमन्त्री बादलले संसद विघटनको जुन कदम उठ्यो , यो असंवैधानिक वा संवैधानिक हो यसको जवाफ आजको सभाले दिएको विचार राखे । उनले प्रचण्ड–माधव पक्षलेले देशमा समृद्धि होइन, अस्थिरता चाहने भएकोले प्रधानमन्त्रीलाई हटाउन खोजेको बताए । सरकारको नेतृत्वलाई अपदस्त गर्न चाहन्थे यही षडयन्त्रलाई विफल पार्नको लागि संसदको विघटन गरिएको उनले दाबी गरे । उनले भरतपुरको यो जनसभाले सरकारको कदम सही छ उत्तर दिएको बताए ।
उनले भने, ‘सरकारले उठाएका कदमहरु र विकास र समृद्धिको कदमहरुलाई यो जनसभाले अनुमोदन गरेको छ । सरकारले विकास गरेन भन्ने कदमको खण्डन गरेको छ । हामीले निर्वाचन जितिसकेका छौं ।’ उनले आउनोस् तपाइँहरु पनि निर्वाचनमा आउनोस् जनताको विश्वास जित्नोस् अनि प्रधानमन्त्री बन्नोस् । उनले भने, ‘मतपत्र च्यात्न आवश्यक छैन । तपाइँहरुले जनताको समृद्धिमा एकताबद्ध हुनोस् ।’ उनले आफ्नो गल्तीहरुलाई स्वीकारेर आत्मआलोचना गर्न अनुरोध गरे । उनले भने, ‘बादलले गद्दारी ग¥यो भनेर भन्दै छन् म भन्न चाहन्छु सरकारले हिजोका योद्धाहरुको बारेमा ऐतिहासिक निर्णय गरेको छ । सबै घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था गरेका छौं ।’

























