प्रदेश १

यातायात कार्यालयको सोफामा लुकाएको २ लाख २३ हजार रुपैयाँ अख्तियारले भेट्यो

Banner

जनकपुरधाम,माघ १४-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ ।लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो ।

कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परे । त्योभन्दा पनि अनौठो दृश्य थियो सोफाको कुनामा पैसा भेटिनु । सोफाको कुनामा र अन्य फर्निचरमा प्लाष्टिकमा बेरेर पैसा राखेको अख्तियार टोलीले भेटेको थियो । लुकाएर राखिएको २ लाख २३ हजार ८ सय रुपैयाँ बाँडफाँटका लागि राखिएको हुनसक्ने अनुमान छ ।

अख्‍तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लियो । बिचौलिया भगतको साथबाट ५० हजार बरामद गर्‍यो । अख्तियार टोलीले निमित्त प्रमुख वीरेन्द्र साहसँग पनि सोधपुछ गरेको छ । बिचौलिया भगतले ट्याक्टर चालकको लाइसेन्सको लागि घूस वापत रकम बोकेर आएको बयान अख्तियार समक्ष दिएको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>