अर्थ

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Banner

काठमाडौं । आज बिहीवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ९१ हजार ९५० रुपैयाँमा बुधवार कारोबार भएको तेजाबी सुन समेत तोलामा १०० रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधवार र बिहीवार समेत प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>