देश/प्रदेश

काठमाडौंको तापक्रम शून्य डिग्रीतिर

Banner

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम बिहीबार (आज) ०.८ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

काठमाडौंसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो । काठमाडौं उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ,’’ मौसमविद् प्रधानाङ्गले भने ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६.६ डिग्री सेल्सियस छ ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>