देश/प्रदेश
नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ
०

स्याङ्जा, पुस १४-
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।
भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाउनुभयो ।
गण्डकी प्रदेश नेकपा इञ्चार्ज गुरुङले नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको विचार राख्नुभयो ।
यसैबीच आज यहाँ आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा दाहाल– नेपाल समूहका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सहञ्चार्ज यशोदा सुवेदीले सडकबाटै प्रतिनिधिसभा विघटनको कदमलाई सच्याउन सङ्घर्ष गरिने बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























