बजार

आयल निगमले एक वर्षमा कमायो १२ अर्ब ८७ करोड

Banner

काठमाडौं,पुस १३-

लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैया्र खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

आर्थिक वर्ष ७६/७७ मा दुई खर्ब ५ अर्ब रुपैया्र बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो ।

पाइपलाइनबाट ठूलो मात्रामा पेट्रोलियम आयात हु्रदा ढुवानी खर्च घट्नु, अघिल्ला वर्षको नाफाबाट भएको ब्याज आम्दानी र निगममा आन्तरिक सुधारको काम हु्रदा नाफा बढेको पौडेलले बताए । लेखा परिक्षण विवरणअनुसार पाइपलाइनबाट पेट्रोलियम ढुवानी गर्दा मात्रै १० महिनामा निगमलाई एक अर्ब ४७ करोड रुपैया्र नाफा भएको छ । यस्तै ब्याज आम्दानीबाट एक अर्ब ७७ करोड रुपैया्र आम्दानी भएको निगमको लेखा परीक्षण रिपोर्टमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>