चितवन विशेष

माडीको राईडाँडामा बालबालिकालाई न्यानो कपडा वितरण

Banner

चितवन, पुस ४-

माडी नगरपालिका–९ को राईडाँडामा सुकुमबासी चेपाङ परिवारका कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने ८० जना बालबालिकालाई आज न्यानो कपडा वितरण गरिएको छ ।

जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेको जानकारी पाएपछि समाजसेवीहरु बेल्जियममा रहेका दिनेश भण्डारी, डेनमार्कमा रहेका सुवर्णदत्त गौतम, जापानमा रहेका झमबहादुर खत्री र इन्द्रमणि कँडेल, भरतपुर–४ लंकुका ओमप्रसाद सापकोटा धर्मचोकका काशिराम कँडेल र नारायणगढका गुरु ढकालको सहयोगमा न्याना कपडा वितरण गरिएको हो

कपडा वितरण गर्दै माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतोले जाडोमा सुकुमबासी परिवारका बालबालिकालाई परेको समस्यामा सहयोग गर्ने सहयोगीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै सहयोगबाट विद्यार्थीलाई विद्यालय जान सहयोग हुने बताइन् ।

कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवम् वडा नं ९ का वडाध्यक्ष शिवहरी सुवेदीले सुकुमबासी चेपाङ परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै न्याना कपडाहरू वितरण गर्ने सहयोगीप्रति आभार प्रकट गरे । पोशाक वितरण कार्यक्रममा वडा सदस्य पूर्णीमाया चेपाङले जाडोको समयमा विपन्न चेपाङ परिवारका बालबालिकालाई कपडा उपलब्ध गराउने सहयोगीप्रति हार्दिक धन्यवाद ज्ञापन गदैै उत्तरोत्तर प्रगतिको कामना गरिन् ।
कृष्णनगर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारदमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक मुक्तिराम सुवेदी, मिराकल गार्डेनका सञ्चालक दामोदर देवकोटा, सिमा सुरक्षा बल राइटोलका प्रमुख दिपेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो भने सहयोगको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>