देश/प्रदेश

मानवसेवा आश्रमद्वारा पुस ७ गतेदेखि राष्ट्रिय उद्धार कार्यक्रम घोषणा

Banner

काठमाडौं, पुस १-

मानवसेवा आश्रमले सडकमानवको सहयोगको अपेक्षासहित राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली यात्रा–२०७७) गर्ने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यही पुस ७ गतेदेखि आगामी माघ ७ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएको हो ।

आश्रमले मेची–महाकाली यात्रा–२०७७ गर्नुको प्रमुख उद्देश्यमा देशका पूर्वदेखि पश्चिमसम्मका मुख्य राजमार्गको आसपासमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरुको उद्धार गर्ने, सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनको लागि जनचेतना अभिवृद्धि गराउने र मानवता प्रवद्र्धन गर्ने, स्थानीय सरकारसँगको सहकार्य र समन्वयलाई वृहत् बनाउने र सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि आधार तय गर्ने रहेका छन् । आश्रमले जनाएअनुसार यात्रामा राजमार्ग र आसपासका क्षेत्रमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको उद्धार, सरसफाइ, प्राथमिक उपचार उनीहरुसँगै सहभोज र विभिन्न आश्रममा स्थानान्तरण गराउने, र सहयोगापेक्षी सडकमानवको मानवोचित व्यवस्थापन एवम् सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिने पनि जनाइएको छ ।

आश्रमले विसं २०६९ सालदेखि खुला आकाशमुनि सडकपेटी एवम् सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन, शारीरिक तथा मानसिकरुपमा कमजोर) मानवहरुको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारिक पूनर्मिलनको कार्य गर्दै आइरहेको छ । आश्रमले आज मात्रै क्लबको पत्रकार सम्मेलनमार्फत नै केन्द्रीय लेखा परीक्षण एवम् आयव्यय विवरण पनि सार्वजनिक गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>