वागमती

बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

Banner

वाग्मती, मङ्सिर ३०-

चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटाँैडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

वाग्मती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मङ्सिर ३ गते हत्या भएको थियो । बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । बालिकाको हत्याको आरोपमा ती बालकलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>