कर्पोरेट

एनआईसी एशिया बैँक र नेपाल क्लियरिङ हाउसबीच सम्झौंता

Banner

चितवन, मंसिर २९-

‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया बैँक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्ति अनुसार एनआईसी एशिया बैँक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका निम्ति बैँक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको हो ।  उक्त सम्झौतापत्रमा बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैँकले उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकले बैँकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, डेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैँकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकले बैँकबाट आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन् । यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्ने बैँकले जनाएको छ । । यस प्रणालीको प्रयोगले बैँकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाइनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुने बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>