देश/प्रदेश
पछिल्लो २४ घण्टामा ८ सय ३० जना कोरोना संक्रमित थपिए, ९ को मृत्यु
०

काठमाडौं, मंसिर २८-
पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























