गण्डकी

देवघाटका चेपाङ्ग परिवारलाई खाद्यान्न सहयोग

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर २० । लायन्स क्लव अफ बुढानिलकण्ठ नेवा पुच र लियो क्लब अफ भरतपुर युथले देवघाट गाउँपालिकामा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच देवघाट– ५, बोटेटोल (चेपाङ्ग बस्ती)का २७ विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामल सहयोग गरिएको हो ।

सहयोग कार्यक्रमका प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ बी २ नेपाल एरिया तीनका को–एसी विज्ञान पौडेलले बाहिरी जिल्लाबाट तनहुँको देवघाटमा आएर खद्यान्न वितरण गर्नु निकै प्रसंशनीय कार्य भएको बताए ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एलबि गुरुङ्गले यस गरिब गाउँमा आएर खाद्यान्न सामग्री वितरण गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

लियो क्लव अफ भरतपुर युथका अध्यक्ष एवं कार्यक्रमका सभापति दिपेश ज्ञवालीले आफ्नो क्लवले खाद्यान्न वितरण कार्यक्रम विभिन्न ठाउँमा निरन्तर गर्दै आइरहेको बताउँदै उनले यसपाली लायन्स क्लव अफ बुढानिलकण्ठ नेवा पुचसँग मिलेर गरेको बताए । यस क्षेत्रका अन्य ठाउँमा पुनः समय मिलाएर खाद्यान्न सामग्री वितरण गर्न आउने पनि उनले कार्यक्रममा जानकारी गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>