देश/प्रदेश

डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस

Banner

काठमाडौँ, मङ्सिर १६-

नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो । बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>