देश/प्रदेश
प्रधानमन्त्री ओलीले सुरु गरे टिकटक
०

काठमाडौँ, मंसिर १५-
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री ओली पहिलादेखि नै फेसबुक र ट्विटरमा छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्याउन टिकटक सुरु गरिएको हो । टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ । प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भ्युज कटेको छ । नयाँ पुस्तामाझ टिकटक चर्चित छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























