Uncategorized

नारायणगढ रोटरी क्लबले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनायो

Banner

चितवन, मंसिर १३-

नारायणगढ रोटरी क्लबले चितवनका फरक तीन स्थानमा विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाएको छ ।

सन् २००२ को २७ नोभेम्बर शुक्रबार स्वार्थ भन्दा माथि सेवाको भावना राखेर समाज सेवामा निरन्तर अग्रसर हुने उद्देश्यले क्लबको स्थापना भएको थियो ।

क्लबका अध्यक्ष अनुकुल श्रेष्ठका अनुसार यसै क्रममा क्लबले भरतपुरमा अवस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि जाडो मौसम सुरु भएकोले अत्यावश्यक १० वटा न्यानो ब्लाङ्केट सहयोग गरेको छ । सो सामग्री केन्द्रका संरक्षक मञ्जु खाँडलाई हस्तान्तरण गरी केन्द्रमा क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले केक काटेर क्लबको स्थापना दिवस मनाइएको थियो ।
त्यसैगरी आधारभूत विद्यालय मोहनपुरमा कार्यरत शिक्षक कर्मचारी तथा विद्यार्थीका लागि शैक्षिक एवम् खेलकुदका सामग्रीहरू र कोरोना रोकथामका लागि आवश्यक पाँच लिटर सेनिटाइजर, एक थान थर्मल गन र ५०० थान मास्क वितरण गरिएको क्लबका पूर्वअध्यक्ष रोटरियन रमेश श्रेष्ठले जानकारी दिए । सोही क्रममा बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरूको शिक्षा र सो सम्बन्धी सिकाईमा थप सुधार ल्याउने उद्देश्यले इ–लर्निङ अन्तर्गत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारी र प्रधानाध्यापक नारायणबहादुर थापालाई संयुक्तरूपमा एकथान एलईडी टेलिभिजन र मिडासको सप्mटवेयर वितरण गरिएको क्लबका पूर्वअध्यक्ष एवम् क्लब स्थापना दिवस कार्यक्रमका संयोजक रोहितकुमार श्रेष्ठले बताए ।

सोही क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले नारायणगढ रोटरी क्लबले स्थापना दिवसको अवसर पारेर विद्यार्थीको शैक्षिक उन्नतीमा प्रदान गरिएको सहयोगको लागि आभार प्रकट गरे ।  कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु अरुणकुमार पिया, सुमनकुमार श्रेष्ठ, राजेन्द्र ओली, नारायण प्रधान, वर्ष २०२१\२२ का लागि निर्वाचित अध्यक्ष रोटरियन अरुणकुमार खनाल, सचिव दिलिप तामाङ, क्लब सर्भिस डाइरेक्टर गुणेश्वर महतो, सदस्यहरू विमान कार्की, सेवन पन्त एवम् क्लबका प्रथम महिला डा. सुरक्षा श्रेष्ठका साथै रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष सुषमा गुरुङ, सोही क्लबका क्लब सर्भिस डाइरेक्टर सन्तोष श्रेष्ठ र सम्झना घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>