Uncategorized

कालिका नगरपालिकामा सरसफाइ योजना निर्माणको लागि कार्यशाला

Banner

चितवन, मंसिर १३-
कालिका नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी योजना निर्माणको लागि एक दिने कार्यशाला भएको छ ।

कार्यशालामा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, उपप्रमुख कमला भट्टराई वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कालिका नगरपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रि«य गैह्रसरकारी संस्था वेल्टहँगरहिल्फेका कार्यक्रम संयोजक आनन्द गौतमले खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाको महत्वको बारेमा प्रकाश पारेका थिए । उत्त गोष्ठीमा नेपाल पुर्ननिर्माण संस्थाका व्यवस्थापक निराजन पोखरेलले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माणमा नेपाल सरकार खानेपानी मन्त्रालयको निर्देशिका र स्थानीय सरकारको नेतृत्वमा योजना निर्माण गर्नुको औचित्यको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमा सहभागीलाई तिन भागमा विभाजन गरी कालिका नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छतामा दुरदृष्टि, ध्येय र उद्देश्यको बारेमा छलफल गरिएको थियो । सरसफाइ योजनाको लागि तथ्याङ्क संकलन गर्ने चरणहरु र तथ्याङ्क संकलन गर्दा कसरी सहभागितामूलकरुपमा गर्न सकिन्छ भनेर सीडीएस संस्थाका प्रतिनिधिले जानकारी गराएका थिए । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले सही तथ्याङ्कले उचित योजना बनाउन सहयोग गर्ने र वास योजना निर्माणको नेतृत्व नगरपालिकाले गर्न पाउदा खुसी लागेको जानकारी गराएका थिए ।

उक्त गोष्ठीमा आगामी दिनमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी योजनाका गतिविधिलाई चुस्त र दुरुस्तरुपमा सञ्चालन गर्नको लागि वडा नं ३ का वडा अध्यक्ष टीका रिजालको संयोजकत्वमा ११ सदस्यीय टाक्स फोर्स गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>