देश/प्रदेश
मकवानपुरमा दुई शव फेला
०

मकवानपुर, मङ्सिर १२-
इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ । यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























