देश/प्रदेश

प्रदेश नं १ मा ३७२ सङ्क्रमित थपिए, १३८ डिस्चार्ज

Banner

विराटनगर, मङ्सिर १०-

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार २३८ जनाको पिसीआर परीक्षण गरिएकामा १४७ महिलासहित ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका १५९ मध्ये विराटनगरमा १२१, सुनसरीका ५७, झापाका ९७, सङ्खुवासभाका २७, इलामका १२, पाँचथरका चार, भोजपुरका दुई, तेह्रथुम र उदयपुरका एक÷एक तथा प्रदेश बाहिरका १२ जना रहेका छन् । प्रदेशमा आज डिस्चार्ज हुने होम आइसोलेशनबाट १३७ जना र मेची अस्पतालबाट एक जना मात्र छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>