देश/प्रदेश
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन
०

बाँके, मङ्सिर १०-
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन आज बर्दियामा उद्घाटन गरिएको छ । दुईतले सो भवन रु दुई करोड लागतमा निर्माण भएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भवन उद्घाटन गर्दै महिला तथा बालबालिकालाई दिइने सेवा प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । जिल्ला कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले पहिले बर्दियामा आफ्नो भवन नरहेका बेला एक कोठाबाट मात्रै सेवा दिइएकामा अब आफ्नै भवनले सहज हुने छ भन्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























