अर्थ

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Banner

काठमाडौँ, मङ्सिर ९-

स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>