देश/प्रदेश

वाग्मती प्रदेश लोकसेवा आयोगद्धारा ४ सय ६९ जना कर्मचारी माग

Banner

हेटौँडा मंसिर ८-

वाग्मती प्रदेश लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरेको छ ।

प्रदेश स्तरमा स्थापना भएको लोकसेवा आयोगले पहिलोपटक ४ सय ६९ जना कर्मचारी माग गरेको हो ।

प्रदेश र पालिकामा सहायकस्तर चौथो तहका विभिन्न पदका लागि ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको हो । प्रदेशका दुई मन्त्रालय र पालिकामा गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो ।

प्रदेशभरिका ४४ वटा पालिका र वाग्मती प्रदेशको दुईवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरबन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>