देश/प्रदेश

धारिलो हतियार प्रहार गरी झापामा श्रीमानले गरे श्रीमतीको हत्या

Banner

दमक, मङ्सिर ७-

झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।
भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>