देश/प्रदेश

चितवन साहित्य परिषदद्धारा लेखक पराजुली र लाठलाई सम्मान प्रदान

Banner

चितवन, कात्तिक २८-

जिल्लामा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । विसं २०७६ मा प्रकाशित श्रष्टाहरूका कृतिका आधारमा बिहीबार सम्मानित गरिएको हो । चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गरिने राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ बाट पत्रकार वसन्त पराजुली र लेखक गणेश लाठलाई सम्मानित गरेको छ । पराजुलीलाई उहाँको ‘कुमाता’ कथासङ्ग्रहका लागि र लाठलाई ‘अघटित’ उपन्यासका लागि प्रदान गरिएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

यस्तै चिसाप प्रतिभा पुरस्कार, २०७७ अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइला, चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार ‘केन्द्र र परिधि’ निबन्धका लागि निबन्धकार रामबाबु घिमिरे र चिसाप लीलानर्मदा पुरस्कार ‘महोपथ’ कथासङ्ग्रहका लागि कथाकार ललित विष्टलाई प्रदान गरिएको छ ।

हाल जापानमा रहेका कारण पुरस्कृत व्यक्तित्व पौडेलका बुबा चूडामणि पौडेलले उहाँको पुरस्कार ग्रहण गर्नुभयो भने अन्य स्रष्टाहरू स्वयं कार्यक्रममा उपस्थित भएर पुरस्कार ग्रहण गर्नुभएको थियो । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र्र अस्तफल, पूर्वअध्यक्ष केदारनाथ खनाल, साहित्यकार श्यामजी अतिथि, पुरस्कारका संस्थापक मायादेवी कँडेलले पुरस्कृत व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>