समाचार
अज्ञात व्यक्तिद्वारा रौतहटमा १७ वर्षीया किशाेरीकाे गोली हानी हत्या
०

काठमाडौं, कार्तिक २७-
रौतहटको लौकाहामा गोली हानी किशाेरीकाे हत्या गरिएकाे छ ।
रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको हो । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।
बुधबार राति साढे ११ बजेतिर सुतिरहेको अवस्थामा १७ वर्षीया अमृता साहको हत्या भएको प्रहरीले जनाएको छ।
गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ ।
घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टाेली घटनास्थल पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























