क्रिकेट
स्वदेश फर्किए क्रिकेटर सन्दीप लामिछाने, तीन हप्तापछि बीबीएल खेल्न अस्ट्रेलिया जाने
०

काठमाडौं, कार्तिक २७-
सयुंक्त अरब इमिरेन्ट्स (यूएई) मा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागी भएर राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । लामिछाने आज बिहान २ बजे नेपाल आइपुगेका हुन् ।
तीन महिनापछि स्वदेश फर्किएका उनी तीन हप्ताको बसाइपछि बिग ब्यास लिग (बीबीएल) खेल्न अष्ट्रेलिया जानेछन् । बीबीएलमा सन्दीपले कुन टोलीबाट खेल्ने भन्ने बारेमा भने अझै टुङ्गो लागेको छैन ।
दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नवीकरण नभएपछि नयाँ टोलीबाट खेल्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























