देश/प्रदेश
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
०

काठमाडौँ, कात्तिक २३-
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ ।
आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गर्नुभएकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गर्नुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























