समाचार
कोरोना संक्रमित मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसीयूमा उपचार हुँदै
०

काठमाडौं, कार्तिक २१-
कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसीयूमा सारिएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि १० दिनसम्म होम आइसोलेसनमा बसेका गजुरेललाई बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहीबार उनलाई आईसीयूमा सारेर थप उपचार गरिरहेको अस्पताल स्राेतले जनाएकाे छ ।
कलाकार गजुरेललाई यही कात्तिक १० गते कोरोना पुष्टि भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























