क्रिकेट

दिल्लीलाई हराउँदै मुम्बई इण्डियन्स फाइनलमा प्रवेश

Banner

काठमाडौं, कार्तिक २१–

साविक विजेता मुम्बई इण्डियन्स युएईमा जारी आइपीएलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै लगातार फाइनलमा प्रवेश गरेको हो । मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली ८ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सकेपछि मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

दिल्लीका लागि मार्कस स्टोनिसले ६५ र अक्षर पटेलले ४२ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् । दिल्लीको व्याटङ सुरवात नै खराब रह्यो । खाता नखोल्दै दिल्लीले पृथ्वी शा, शिखर धवन र अजिङखे रहानेलाई गुमाउन पुग्यो । २० रनकै अवस्थामा ४ विकेट गुमाएपछि दिल्ली पुरै दवाबमा परेको थियो ।

दवाबलाई चिदै स्टोनिस र पटेलले ७१ रनको साझेदारी गरे । तर स्टोनिस ६५ रनमा बुमराहको बलमा बोल्डआउट भएपछि दिल्लीको झिनो आशा पनि समाप्त भएको थियो । मुम्बईका लागि जसप्रित बुमराहले मात्र १४ रन दिएर ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको मुम्बई ५ विकेट गुमाएर २०० रन जोडेको थियो । उसका लागि इशान किसानले ५५, सूर्यकुमार यादवले ५१, क्वेन्टन डिककले ४० र हार्दिक पाण्डेयले १४ बलमा ३७ रनको पारी खेले ।

हारसंगै दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको छ । भोलि हुने रोयल च्यालेन्जर्स बैङलोर र सनराइजर्स हैदराबादबीचको विजेतासंग दिल्लीले खेल्ने मौका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>