नवलपुर

नवलपुरमा भिरबाट ट्रिपर खस्दा दुई जनाको मृत्यु

Banner

कावासोती, कात्तिक २०–

नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिकामा बिहिबार ट्रिपर भिरबाट खस्दा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार विनयी त्रिवेणी–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडक खण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुके तर्फ चुनढुङ्गा लिन जादै गरेको २–०३–००१ क ००७५ नम्बरको ट्रिपर दुर्घटनामा परेको हो ।

ट्रिपर भिरबाट करिब तीन सय मिटर तल खस्दा ट्रिपरका चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>