अन्तर्राष्ट्रिय

अमेरिकी चुनाव २०२० : बाइडेन २२०, ट्रम्प २१३

Banner

वासिङ्टन, कार्तिक १९-

अमेरिकी राष्ट्रपतीय निर्वाचनको जारी मतगणनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनसँगको दुरी कम गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । दुवै उम्मेदवारबीच कडा टक्कर देखिएको छ।

हालसम्म डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २२० इलेक्टोरल मत हात पारेका छन् । उनले १८ राज्यको चुनाव जित्दै सो मत प्राप्त गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २१३ इलेक्टोरल मत प्राप्त गरेका छन् । उनले २३ राज्यमा चुनाव जितेका छन् । मध्यपश्चिमका ब्याटलग्राउण्ड राज्यको नतिजा आउन बाँकी रहेकाले अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख छ।

जितका लागि उम्मेदवारले २७० मत प्राप्त गर्नुपर्ने हुन्छ ।
एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>