देश/प्रदेश

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वाग्मती प्रदेश यातायात कार्यालयका सेवा बन्द

Banner

मकवानपुर, कात्तिक १६

वाग्मती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गर्न बाध्य भएको कार्यालयले जनाइएको छ ।

सो कार्यालयको राजश्व फाँटमा कार्यरत रहेका केही कर्मचारी र सो कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैंक हेटौँडा शाखाका कर्मचारीमा समेत कोभिड प्रकोपबाट पीडित हुँदा यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको सो कार्यालयका कार्यालय प्रमुख भक्तराज भण्डारीले बताउनुभयो । उहाँले कार्यालयको सेवा बन्द गर्नुपरेको विषयमा वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइसकिएको पनि बताउनुभयो ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकका १३ कर्मचारीमध्ये १० जना कर्मचारीलाई कोभिड पुष्टि भएकाले सो बैंकले पनि आजदेखि सबै प्रकारका सेवा केही दिनका लागि बन्द गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>