Breaking News

तोरी छर्न जाँदै गर्दा गैंडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

Banner

काठमाडौं, कार्तिक १६-

नवलपरासीको पूर्वको देवचुलीमा गैँडाको आक्रमणबाट आइतबार ६५ वर्षीय जंगिलाल मुखियाको मृत्यु भएको छ ।

देवचुली नगरपालिका १७ कुलेनीका ६५ वर्षीय जंगिलाल मुखियाको आइतबार बिहान गैँडाको आक्रमणमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलरासी पूर्वका अनुसार बिहान घर नजिकै बारीमा तोरी छर्न जाँदै गर्दा मुखिया गैंडाको आक्रमणमा परेका हुन् ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>