मध्य नेपाल
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
०

झापा,कार्तिक १२-
वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो ।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























