देश/प्रदेश

भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते काठमाडौं आउने

Banner

काठमाडौँ कात्तिक १२-

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे कात्तिक १९ गते तीन दिने भ्रमणमा काठमाडौं आउने भएका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणतालिकाबारे जानकारी गराएको हो ।

सेनाध्यक्ष नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने पनि नेपाली सेनाले जनाएको छ । उनी तीन दिन नेपाल बस्नेछन् ।

भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले काठमाडौंस्थित सैनिक मञ्‍चको वीर स्मारकमा श्रद्धाञ्‍जली अर्पण तथा जंगी अड्डामा सम्मान गारद निरीक्षण र समकक्षी महारथी पूर्णचन्द्र थापासँथ छलफल गर्ने कार्यक्रम रहेको छ ।

नरवणे कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>