अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने

Banner

एजेन्सी,कार्तिक १२-

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ। एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन्।

कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन्। उनको सो आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले बचाउको प्रयास गरेको थियो। तर अदालतले मानहानीको मुद्दा खारेज गरेको हो। ट्रम्पले सन् १९९० को दशकमा म्यानहटनको एक डिपार्टमेन्ट स्टोरमा आफूमाथि यौन दुर्व्यवहार गरेको ती महिलाको आरोप छ।

कारोलले मुद्दामा राष्ट्रपति ट्रम्पले आफ्नो मानहानी गरेको समेत उल्लेख गरेकी छन्। ट्रम्पले भने आफूमाथि लागेको आरोप झुट रहेको बताएका छन्। न्याय विभागले ट्रम्पको सट्टा आफ्नै तर्फबाट मानहानीको मुद्दा दायर गरेको थियो। त्यसलाई लिएर न्याय विभागको आलोचना भइरहेको थियो। न्याय विभागले संघीय कर्मचारीको मानहानीको रक्षा गर्न पाउने कानूनको हवाला दिँदै मुद्दा दायर गरेको थियो।

तर म्यानहटनको संघीय जिल्ला अदालतका न्यायाधीश लेविस काप्लानले कानून अनुसार अमेरिकी राष्ट्रपति कर्मचारी नरहेको भन्दै मुद्दा नै खारेज गरेका हुन्। संघीय न्यायाधीशले मानहानीको मुद्दा खारेज गरेसँगै ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>