गण्डकी

देवघाट गाउँपालिकाको आफ्नै भवन निर्माण शुरु

Banner

तनहुँ,कार्तिक ११-

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि बल्ल तनहुँको देवघाट गाउँपालिकामा प्रशासकीय भवन निर्माण शुरु भएको छ । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको सो गाउँपालिका–५ क्युदीमा भवन निर्माण शुरु भएको हो । सङ्घ र प्रदेश सरकारबाट बजेट प्राप्त भएपछि पालिकाले निर्माणको काम शुरु गरेको अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

कूल रु सात करोड ५० लाख ७६ हजार एक सय १७ को अनुमान गरिएपनि निर्माण कम्पनीसँग रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा सम्झौता भएको छ । भवन निर्माणको ठेक्का रविना/अविसा जेभी काठमाडौले पाएको छ । निर्माण कम्पनीसँग गत असार १९ गते सम्झौता भएको थियो । विसं २०७९ असार १८ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने अवधि तोकिएको छ ।

गाउँपालिकाले हाल दुई वडा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ । बिजुली, पानीसहित गाउँपालिकाले कार्यालय सञ्चालनका लागि मासिक रु ८० हजार भाडा तिर्ने गरिएको छ । भवन निर्माणका लागि सङ्घ सरकारले रु दुई करोड रु प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ भने गाउँपालिकाले चालू आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>