देश/प्रदेश
विजयादशमीको टीकाको साइत बिहान १०ः१९ मा
०

काठमाडौं, कात्तिक ४-
अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।
समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते ९अक्टोबर २६० बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।
यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ ९कात्तिक (गते) बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताउनुभयो ।
यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























