देश/प्रदेश

पानी पिउन गएका २२ बादर डुबेर मरे, १२ वटाको जीवितै उद्धार

Banner

काठमाडौं, असोज ३०-

ओखलढुंगको सिद्धिचरण नगरपालिका–५ सानीटारमा बिहीबार साँझ पोखरीमा डुबेर २२ वटा बाँदर मरेका छन् । १२ वटाको स्थानीय र वन डिभिजन कार्यालयका कर्मचारीले जीवितै उद्धार गरेका छन् ।

बाँदरले सँधै अन्नबाली खाएर दुस्ख दिने क्षेत्र मानिने सानीटारमा शुक्रबार ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो । सिंचाइका लागि निर्माण गरिएको सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए ।

‘पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे । तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दाखेरि डुबेर मरेको देखियो,’ डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख भरतबाबु श्रेष्ठले भने, ‘एउटा डुबेपछि अरु पनि पालैपालो पोखरीमा पसेर मरेको हुनसक्छ ।’
मरेका बाँदरहरूको पछि साँझ वन डिभिजन कार्यालयको टोलीले मुचुल्का उठाएर खाल्डोमा पुरिदिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>