देश/प्रदेश
कोरोनाका कारण धादिङबेंसीका २२ वर्षीय युवकको मृत्यु
०

धादिङ, असोज २६
कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको आज बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै धादिङका सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























