कर्णाली

कर्णाली विवाद उत्कर्षमा : मुख्यमन्त्रीद्वारा सचेतक निष्काशित, नयाँ नियुक्त

Banner

काठमाडौं, असोज २६-

नेकपा कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ ।

कर्णाली प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक गुलावजंग शाहलाई निष्काशित गरी उनकाे ठाउँमा नयाँ सचेतक नियुक्त गरिएकाे छ ।

नेकपाकाे प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन् । उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए ।

मुख्यमन्त्री शाहीले सोमबार उनलाई जिम्मेवारीमुक्त गरिएको पत्र दिएका हुन्।

पत्रमा भनिएको छ, ‘तपाईंले गरेको कामकारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु।’

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>