देश/प्रदेश

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

Banner

काठमाडौं, असोज २४–

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज (शनिबार) कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले जानकारी दिएका छन् । गत सोमबार परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उनले आज पुनः परीक्षण गराएका हुन् । उनले फेसबुकमार्फत स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्–‘गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु।

हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>