देश/प्रदेश

कोरोना संक्रमित सांसद चौधरी आइसीयूमा भर्ना

Banner

काठमाडौं, असोज २४–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वीर अस्पतालमा उपचारर सांसद शान्ता चौधरीलाई सघन उपचार कक्ष (आइसीयू)मा सारिएको छ ।

चौथो दिनमा पनि केही सुधार नआएपछि उनलाई आइसीयू कक्षमा सारिएको उनका प्रेस संयोजक सन्तोष दहितले जानकारी दिए । सांसद चौधरी सत्तारुढ नेकपाको संसदीय दलकी सचेतक हुन् । स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि आइसीयूमा सार्नु परेको उनको सचिवालयले जनाएको छ ।

सांसद चौधरीमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सामान्य वार्डमा उपचार सुरु गरेकी चौधरीले आफूलाई श्वासप्रश्वासमा कठिनाई भइरहेको भन्दै फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् । सांसद चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् ।

क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>