देश/प्रदेश
दसैंमा बुढापाकाबाट टिका नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
०

काठमाडौँ असोज २३-
यसपालिको दसैंमा बुढापाकाबाट टिका नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुढापाकासँग टीका लगाउने क्रममा संक्रमण सर्ने र दुर्घटना निम्तिने जोखिम रहेको जनाए।
उनले यो दसैंमा बुढापाकाबाट अनलाइन माध्यमबाटै आशिर्वाद लिन समेत आग्रह गरेको छ। साथै, ठूलो भीडभाड गरेर टीका लगाउने वा खाने काम पनि नगर्न मन्त्रालयले आग्रह गरेको छ।
प्रवक्ता गौतमले यो दसैंमा धेरै भीडभाड गरेर किनमेल नगर्न भन्दै पुरानै लुगा लगाएर घरका सदस्यबीच मात्र दसैं मनाउनुपर्नेमा जोड दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























