देश/प्रदेश

प्रदेश ५ का मुख्यमन्त्रीमाथि कांग्रेसको आरोप : केपी–प्रचण्डको बुई चढेर प्रस्ताव ल्याइयो

Banner

काठमाडौं, असोज १९-

नेपाल कांग्रेसले प्रदेशको नाम र राजधानीका विषयमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बुईं चढेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई आरोप लगाएको छ ।

प्रदेशकै नेताहरुको स्वविवेक र स्वामित्वमा पूरा हुने काममा एक पार्टीका अध्यक्षद्वयको बुइँ र बैसाखी टेकेर निर्णय गरिएको भन्दै मुख्यमन्त्री पोखरेलको क्षमतामाथि प्रश्न उठाएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता वीरेन्द्र कनोडियाले सभामा बोल्दै प्रदेश र प्रदेशका मुख्यमन्त्री पोखरेल आफैंले समाधान गर्नुपर्ने विषयमा राष्ट्रिय नेताहरुको आडमा एकलौटी निर्णय भएको बताए। उनले भने, ‘मुख्यमन्त्री पोखरेल आफैं राष्ट्रिय रुपमा नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ। समस्या आए समाधान खोज्न सक्ने व्यक्तित्व हुनुहुन्छ। तर, उहाँले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको बुइँ चढेर यस्तो निर्णय गर्नुभयो।’

यता मुख्यमन्त्री पोखरेलले भने सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला प्रदेशको अस्थायी राजधानी तोकिएको प्रसंग निकाल्दै उनले त्यसपछिका प्रदेशका जिल्ला भ्रमणमा देउवाले प्रदेशको स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभालाई नै भएको बताउने गरेको उल्लेख गरे।

मंगलबार प्रदेशसभामा सम्बोधन गर्दै उनले त्यसबेला सभापति देउवाले बोलेका रेकर्ड सुरक्षित रहेको पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>