देश/प्रदेश

राजधानी विवाद : रुपन्देहीका २३ सय कार्यकर्ताद्वारा नेकपाबाट सामुहिक राजीनामाकाे घाेषणा

Banner

बुटवल, असोज २०-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का करिब २३ सय पार्टी सदस्यले प्रदेश ५ को राजधानी सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध असन्तुष्टि जनाउँदै राजीनामा दिएको घोषणा गरेका छन् ।

विभिन्न उद्योग व्यवसायमा आबद्ध नेकपा कार्यकर्ताले बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् ।

बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायतका संस्थामा आवद्ध पार्टी सदस्यहरुले नेकपा छाड्ने घोषणा गरेका हुन् ।

उनीहरुले पत्रकार सम्मेलनमार्फत् सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन् । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले पार्टीका सयौं कार्यकर्ता र आम सर्वसाधारणको जनभावनाविपरीत राजधानी सार्न लागिएकाले आफूहरुले सामूहिक राजीनामा दिएको जानकारी दिए ।

पार्टीबाट राजीनामा दिएको घोषणा गर्नेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरु समेत रहेको बताइएको छ ।

बुटवल र आसपासको क्षेत्रमा रहेका ३५ वटा व्यावसायीक संघसंस्थामा नेकपाका करिब २३ सय हाराहारी क्रियाशील पार्टी सदस्य छन् ।

उनीहरुले पत्रकार सम्मेलनमार्फत् सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन् । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले पार्टीका सयौं कार्यकर्ता र आम सर्वसाधारणको जनभावनाविपरीत राजधानी सार्न लागिएकाले आफूहरुले सामूहिक राजीनामा दिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टी नेतृत्वले निरंकुश शैली अपनायो । यस क्षेत्रका कयौं नागरिकको जनभावना बुझेन। आफूखुशी राजधानी सार्न प्रदेश सरकारलाई निर्देशन दियो । अब हामी कसरी पार्टीमा बसिरहन सक्छौं ?’

बोहराले यस क्षेत्रका सांसदहरुको मत राख्ने अधिकार समेत पार्टीले ह्वीप लगाएर बञ्चित गरेको आरोप लगाए । यस्तो गरिरहँदा पार्टीमा बस्नुपर्ने कुनै औचित्य नरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>