चितवन विशेष
चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, असोज १९–
चितवनमा आज (सोमबार) थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १८ र अन्य दुई जना विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ७ जना पुरुष र २ जना महिलागरी ९ जना, इच्छाकामना गाउँपालिका–४ का ४४ वर्षीय पुरुष, खैरहनी नगरपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जना, रत्ननगर नगरपालिका–१३ की २० वर्षीया महिला र कालिका नगरपालिका–८ की २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
यसैगरि नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–२ की १९ वर्षीया महिला र दाङको तुलसीपुर–३ का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्ठि भएको प्रयोगशालाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























