अर्थ

प्रभात दिदीबहिनीको साधारणसभा असोज २२ गते

Banner

चितवन, असोज १९-

प्रभात दिदीबहिनी सहकारीले लिमिटेडले आउँदो असोज २२ गतेबाट २८ गतेसम्म संस्थाको २२ औं साधारणसभा गर्ने भएको छ ।

कोभिड १९ को विषम परिस्थितिमा संस्थाको निर्देशिका एवम् कार्यविधिमा रहेर साधारण सभा गर्न लागिएको संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष ज्ञवालीले सदस्यहरुको सुरक्षालाई ध्यानमा राखेर एक साता लामो साधारण सभा गर्न लागिएको बताउनु भयो । संस्थाको विभिन्न सेवा केन्द्र र संकलन केन्द्रमा प्रतिवेदन पुस्तिकाहरु राखेर सदस्यहरुलाई संस्थाले वर्षदिनभरी गरेको कामहरुको बारेमा जानकारी दिन लागिएको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।

विभिन्न चरणमा गरेर सम्पन गर्न लागिएको साधारण सभामा भौतिक एवम् अभौतिक रुपमा उपस्थिति जनाएर साधारण सभामा सहभागिता जनाउन सकिने व्यवस्था मिलाइएको सचिव साधना प्रोखेलले बताउनु भयो । असोज २२ गतेबाट २६ गतेसम्म मुख्य कार्यालय वा सेवा केन्द्रहरुमा उपस्थित भई प्रतिवेदन लिइ दिनुहुन सबै शेयर सदस्यहरुमा सचिव प्रोख्रेलले आग्रह गर्नुभएको छ ।

संस्थाको केन्द्रीय कार्यालय भरतपुर–१२ मालपोत चोक, भरतपुर–९ शरदपुर सेवा केन्द्र र कालिका नगरपालिका–९ शक्तिखोर सेवा केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म उपस्थित भएर प्रतिवेदन लैजाने व्यवस्था मिलाइएको उहाँले बताउनु भयो । लक्ष्मीपुर संकलन केन्द्रमा भने बिहान १० बजेबाट ३ बजेसम्म उपस्थित भइ दिन समेत संस्थाले शेयर सदस्यहरुलाई आग्रह गरेको छ ।

त्यसैगरी असोज २७ गते जुम मार्फत् वा संस्थाको आधिकारी फेसबुक मार्फत् सुझाव संकलन गर्न लागिएको हुँदा जुममा सहभागिता जनाउन सचिव पोख्रेलले आग्रह गर्नुभयो । २२ गतेबाट २६ गतेसम्म सदस्यहरुको हात हातमा प्रतिवेदन पुस्तिका पु¥याउने र २७ गते प्रतिवेदनमाथि जुम मार्फत् छलफल गर्न लागिएको उहाँले बताउनु भएको छ । साथै २८ गते हुने साधारण सभा आभास टेलिभिजनबाट प्रत्यक्ष प्रसारण, फेसबुक लाइभ र जुम मार्फत् बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म हेर्ने व्यवस्था मिलाइएको पनि संस्थाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>